दाङमा १० करोडको इँटा नोक्सान


माघ १४, दाङ । केही दिनदेखि परेको वर्षाका कारण दाङको इँटा उद्योगमा ठूलो नोक्सान भएको छ ।

पोल्नका लागि बनाइएका कच्ची इँटा पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको दाङ, देउखुरी इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रोम वलीले जानकारी दिए । वर्षाका कारण जिल्लाका ३२ इँटा उद्योगमा करीब रु १० करोड बराबरको काँचो इँटा नोक्सान भएको छ ।

“उद्योगमा एक करोडभन्दा बढी काँचो इँटा नोक्सान भएको छ,” अध्यक्ष ओलीले भने । अनियमित वर्षाका कारण बर्सेनि इँटा व्यवसायीले ठूलो घाटा बेहोर्दै आएका छन् ।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको