सरकारले जनतालाई कंगाल बनायो: नेता पुन नेता


माघ १४, सल्यान । नेपाल कम्युनिष्ट पार्टि विप्लवले पार्टिको सुदृढिकरण अभियानलाई तिव्रता पारेको छ ।

पार्टि सुदृढिकरण र सँगठन विस्तार कार्यक्र नामकरणमा बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीवजारमा सम्पन्न भएको छ ।

संगठन सुदृढिकरण अभियान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मिलनको नेतृत्वमा पुगेका विप्लव निकट जिल्ला नेता तथा कार्यकर्ताले संघिय व्यवस्था र नेकपा सरकारको चर्को आलोचना गरेका छन् ।

जिल्ला इन्चार्ज डिल्लीराज शर्मा “विश्वले’ सल्यानको जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरु गलत दिशामा हिडिरहेको आरोप लगाउनु भएको छ । गाउँपालिका, नगरपालिकाका कर्मचारीदेखि जनप्रतिनिधीहरुले राज्यको सम्पत्ति चरम दुपर्योग गरेको वताउनु भयो ।

विकास निर्माणका काममा आधा काम गरेर वचाई खाने खेल समेत भएको उनको आरोप छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिलनले अव राज्य विरुद्ध शसक्त क्रान्ती हुने चेतावाणी दिनु भएको छ ।

नयाँ क्रान्तीका लागि जनसेना तयारि अवस्थामा रहेको र अव आफुहरुसँग हतियार मात्रै नभएको वताउनु भयो । दलाल संसदीय व्यवस्थाका विरुद्ध साथ दिन जनतालाई अपिल समेत गरिएको छ ।

नेकपा सरकार पूर्णतया असफल भएकाले अवको विकल्प भनेको नेकपा विप्लवको मात्रै रहेको आंैल्याएको छ । देशमा लामो समयमा राजकाज चलाएको राजासँगै नेपाली काँग्रेस उसकै गतीमा विलाएको छ । अव नेकपा पनी केहि समयपछि त्यहि बाटोमा जाने ठोकुवा गरिएको छ ।

नेकपा सरकारले जनतालाई सम्वृद्धि सुखी होईन दुखी र कगांल पारेको उनको आरोप छ । अभियानका क्रममा बनगाड कुपिण्डे नगर इन्चार्ज कालुराम वादिको अध्यक्षतामा भएको कार्यक्रममा दैलेख जिल्ला इन्चार्ज विवेक, बनगाड कुपिण्डे नगर सेक्रटरी शंकर वुढाथोकि लगाएतका वक्ताहरुले धारण राख्नु भएको थियो । दोस्रो चरणको अभियान कार्यक्रमको सञ्चालन सल्यान जिल्ला जनसत्ता प्रमुख मोहन के.सीले गर्नु भएको थियो ।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको