दाङमा युवती अपहरण गर्ने तीन जना यसरी परे प्रहरीको फन्दामा


माघ १४, दाङ । दाङमा एक युवतीलाई अपहरण गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

सामान्य चिनजानका आधारमा घोराही उप–महानगरपालिका वडा नं. ३ भैसकुर १९ बर्षीया एक युवतीलाई शुक्रबार घोराहीको तुलसीपुर चोकबाट जवरजस्ती नियन्त्रणमा लिई अपहरण गर्न खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरि आईतबार सार्बजनीक गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. २ सुर्केडाँगी निवासी २४ बर्षीय बिकास चौधरी, सोही ठाउँका २१ बर्षीय बिकेन्द्र चौधरी र घोराही २ रामपुर बस्ने २२ बर्षीय दीपक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घोराही, ३ लक्ष्मीपुर चोक नजिक बालिकाले प्रतिकार गर्न खोजेपछि टेम्पोवाट सडकमा खसेर सामान्य घाइते भएको र यूवतीले चिच्याएपछि स्थानीयले समेत थाहा पाएका थिए । त्यसपछि स्थानीयको सक्रियतामा बालिकालाई उद्दार गरी टेम्पोचालक सहित तीनजनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पीडित युवतीको जाहेरीका आधारमा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण उद्योग शीर्षकमा मुद्धा दर्ता गरि आबश्यक कारबााही अगाडि बढाएको प्रहरीले बताएको छ ।

१४ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको