बुटवलको एनसेल मेलाको मञ्चमै शक्तिशाली बम बिष्फोट


पौष ११, बुटवल । बिप्लव नेतृत्वको नेकपाले एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएको भोलिपल्ट एनसेलले बुटवलमा आयोजना गर्न थालेको कन्सर्टको स्थलमा बम बिस्फोट भएको छ ।

पौष १२ गते बुटवलको सिद्देश्वर स्कुलको प्राङ्गनमा एनसेलको कन्सर्ट गर्ने तयारी चलिरहेको अघिल्लो राती ९ बजे बिस्फोटको भएको हो ।

बुटवलको सुख्खानगर स्थित सिद्देश्वर माबिको नजिकै बिस्फोटको आवाज आए लगत्तै स्थानीयबासी त्रसित बनेका थिए । आवाज आए लगत्तै प्रहरी बिद्यालय परिषरमा पुगेपनि बिस्फोट भएको बिषय प्रहरीले अस्विकार गरेको छ ।

बिहिबार बिप्लव नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक बिज्ञप्ती प्रकाशित गर्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए । उनले निकालेको बिज्ञप्तीमा राज्यलाई तिर्नुपर्ने कर नतिरी मेला गरेमा कारवाहि गरिने र त्यसको जिम्मा एनसेल आफैले लिनु पर्ने उल्लेख गरेका थिए । शुक्रबार ९ बजे १०:३० मा शक्तिशाली बम बिष्फोट भएको खबर छ ।

२०७६ पुष ११,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको