काजकिस्तानमा एक सय जना सवार विमान दुर्घटनाग्रस्त


पुस ११, काठमाडौं । मध्य एशियाली देश काजकिस्तानमा एक सय जना सवार विमान दुर्घटना ग्रस्त भएको छ ।

अलमाटी शहर नजिकै भएको दुर्घटनामा केही यात्री बाँचेका आशंका छ । दुर्घटनामा परेको बिमानस्थलको पेजमा यस सम्बन्धि जानकारी गराइएको छ । दुर्घटनाग्रस्त विमान बेक एयरलाइन्सको हो ।

काजकिस्तानको उद्योग तथा पूर्वाधार मन्त्रालयले विमान दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।

विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए । विमान अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गर्दा विमान दुर्घटनामा परेको हो ।

विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो ।

दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।

 

Kazakhstan plane crash: Bek Air plane goes down near Almaty airport; multiple fatalities reported

pic.twitter.com/zE0EfMckce

— Breaking911 (@Breaking911) December 27, 2019

११ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको