अर्घाखाँची बस दुर्घटना अपडेट: १८ जनाको मृत्यु


मङ्सिर ११, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। अहिलेसम्म १८ जना को मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए।

घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ। घाइते सात जनालाई उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारीरहेको छ। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो।

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको