अर्घाखाँची बस दुर्घटना अपडेट: १७ जनाको मृत्यु


मङ्सिर ११, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन् । अहिलेसम्म १७ जना को मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए।

घाइते सात जनालाई उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ । दिउँसो करिब ४ बजे बस दुर्घटनामा परेको बताइएको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको