अर्घाखाँचीमा बस दुर्घटना, ८ को मृत्यु, ११ जना घाइते


मंसिर ११, काठमाडाैं । अर्घाखाँचीको सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना भएको छ ।

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृ’त्यु भएको छ भने घटनामा ११ जना घाइते भएको खबर छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको जिल्ला अस्पताल सन्धीखर्क र बुटवल अस्पतालमा उपचार भइरहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको