मङ्सिर ११, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद-सागको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा बुधबार बंगलादेशलाई सोझो सेटमा पराजित गर्यो। नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्ने छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। नेपालले बंगलादेशलाई २५-९, २५-९ र २५-११ को सेटमा हरायो।
महिला भलिबल ‘वेस्ट अफ फाइभ’का आधारमा खेल सन्चालन हुने छ। प्रतियोगिता औपचारिक सुरु हुन चार दिन बाँकी रहेपनि भलिबलका खेलहरु बुधबारदेखि सुरु भएका हुन्।
पुरुष भलिबलको पहिलो खेल पनि बुधबार हुँदै छ। साँझ हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘ए’मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार भारतसँग खेल्ने छ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
भलिबलको महिला र पुरुष दुवैमा समान ६ देश सहभागी छन्। भलिबलका खेलहरु त्रिपुरेश्वरस्थित कभर्डहलमा सन्चालन हुँदैछन्।
प्रतिक्रिया दिनुहोस