बैद्य माओवादीका पोलिटब्यूरो सदस्यसहित ४ जना सल्यानबाट पक्राउ


मंसिर ११, सल्यान । मंसिर १४ गते हुन लागेको उपचुनाव बहिस्कारको आन्दोलन घोषणा गरेको माेहन बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी)का चार जना नेता-कार्यकर्तालाइ प्रहरीले सल्यानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज चक्रपाणि शर्मा, जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज दिपक बहादुर शाही, सल्यान जिल्ला सचिव चक्र बहादुर शाह र जिल्ला सदस्य हिरालाल गोसाई रहेका छन् ।

सल्यानको कुमाख गाउँपालिका–५, बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरुलाइ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनीहरूको साथबाट ‘संसदीय उपचुनाव बहिष्कार गरौं, संघीय गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारा लेखिएको पर्चा भेटिएको डीएसपी खतिवडाले बताए ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालयले बुधवार ७ दिनकाे म्याद थप गरी अनुसन्धान थालेको छ । केहिदिन अघि उक्त स्थानबाट विप्लव नेकपाका स्थानीय कार्यक्रर्ता हिमाललाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको