प्रचण्डलाई कांग्रेसको प्रश्न- कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?


मंसिर ११, काठमाडौं । नेपाली कांग्रेसले कास्की -२ का आफ्ना उम्मेदवार खेमराज पौडेलविरूद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमा प्रश्न उठाएको छ ।

प्रचण्डले बुधबार पोखरामा आयोजित चुनावी सभामा ‘देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले उम्मेदवार बनाएको’ भन्दै आलोचना गरेका थिए ।

कांग्रेसले कास्की २ मा ७५ वर्षका खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । प्रचण्डको अभिव्यक्तिपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय नहुने उल्लेख गरेका छन् ।

बुधबार दिउँसो ट्वीट गर्दै शर्माले भनेका छन्, ‘देवघाट पठाउने उमेरमा सांसद? प्रचण्डले आज पोखरामा भन्नू´भो l कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने। अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’

११ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको