१५ महिनाअघि डोटीका बेपत्ता पत्रकारको अस्थिपञ्जर फेला, गहिरो अनुसन्धान गर्न महासंघको माग


मंसिर ११, काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघका डोटी शाखा सदस्य तेजबहादुर खड्का बेपत्ता भएको १५ महिनापछि अस्थिपञ्जर फेला परेको घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धानको माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै महासंघका बाजुरा शाखा सदस्य एवं रेडियो बुढीनन्दामा कार्यरत पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामान भेटिएको र अस्थिपञ्जर फेला परेको घटनामा ध्यानाकर्षण भएको जनाएका छन् ।

२०७५ भदौ १० गते करिब १४ हजार फिट उचाईमा रहेको बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्कने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए । बेपत्ता भएको स्थानबाट अगाडि बाजुराको कोल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुन सक्ने महासंघको आशंका छ ।

यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघले सरकारसँग माग गरेको छ । ‘उक्त रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन महासंघ राज्यका सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

२०७६ मंसिर ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको