पोखरामा प्रचण्ड सहभागी चुनावी सभानजिकै बम बिस्फोट


मंसिर ११, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने चुनावी सभा नजिकै बम बिस्फोट भएको छ ।

कास्की पोखरास्थित नयाँ बजारमा बम बिस्फोट भएको हो । बिस्फोटको आवाज आएको कास्की प्रहरीले पुष्टि गरेको छ ।

प्रजिअ केसीका अनुसार नेकपाले चुनावी सभा आयोजना गरेको स्थलभन्दा करिब दुई सय मिटर नजिक बिस्फोट भएको हो । नेकपाले बुधबार यहाँ आयोजना गरेको चुनावी सभामा सहभागी हुन प्रचण्ड पोखरा पुगिसकेका छन् ।

चुनावी सभालाई लक्षित गर्दै बिस्फोट भएको हो । नेकपा नेता सुवासचन्द्र नेम्वाङले भाषण गरिराखेका बेला बिस्फोटको आवाज सुनिएको थियो ।
विस्फोटबाट पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बम विस्फोट कसले गराएको भन्ने बारे थाहा हुन सकेको छैन ।

कास्की २ मा मंसिर १४ गते उपचुनाव हुँदै छ । नेकपाले उप निर्वाचनका लागि तत्कालीन सांसद रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

२०७६ मंसिर ११,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको