बैङक अफ काठमाडौंका पूर्वसीइओ श्रेष्ठ जेल चलान


असोज १०, काठमाडौँ । बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो ।

श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्री ५ लाख धरौटीमा रिहा भएका छन् । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको