बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ


साउन १०, बझाङ । बझाङ जिल्लामा भान्जीलाई बलात्कार गरेको अभियोगमा मामालाई प्रहरीले पक्राउ गरेका छन ।

जिल्लाको दुर्गाथली गाँउपालीका घर भई केदास्यु गाँउपालीकामा ब्यासाय गर्दै आएका ६३ वर्षिय धनबहादुर बिष्टलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

पालन पोषण गर्ने र पढाई दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेयले बताए ।

बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।

उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको सुचना अधिकारी पाण्डेयले बताए ।

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको