असोज १०, काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ ।
रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो । साह मृगौलाका बिरामी हुन् ।
नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस