भदौ १०, काठमाडौ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ला’गुऔ’षधसहित एक जनालाई पक्राउ गरेकाे छ ।
राजधानीकाे मुख्य नाका चन्द्रागिरी वडा नं. २ नागढुंगा चेक जाँचकाे क्रममा ला’गुऔ’षधसहित एक जनालाई पक्राउ गरिएकाे हाे ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाका अनुसार विरगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ५ ख ६११८ नम्बरको गाडि चेक जाँच गर्दा जिल्ला बारा बरियारपुर २ का वर्ष २४ को दिपक साह कलवारलाई पक्राउ गरिएको बताए ।
डिएसपी थापाका अनुसार उनको साथवाट ला’गुऔ’षध ३०० ट्यावलेट नाईट्राभेट सहित पक्राउ गरिएको जानकारी दिए ।
कलवारलाई म्याद थप गरि ला’गुऔ’षधसहित एेन अन्तर्गत अनुसन्धान भईरहेकाे थानकोट प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस