भदौ १०, काठमान्डौ । पत्रकार खेम भण्डारीले सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेलाई राजनीतिमा आएर आफुसंग भिड्न चुनौती दिएका छन् । आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आगामी चुनाबमा आफुसंग भिड्न चुनौती दिएका हुन् ।
संचारकर्मी रबिलामिछानेले राजनीतिमा आउन सक्ने संकेत दिएपछि उक्त बिषयलाई स्वागत गर्दै सुदुरपश्चिमको कुनै पनि निर्बाचन क्षेत्रबाट आफुसंग भिडेर हेर्न भनेका छन् । देश बनाउन राजनीति नै गर्नु पर्ने बताउदै पत्रकार भण्डारीले रविलाई राजनीतिमै आउन भनेका छन् ।
पत्रकार भण्डारीले रबि लामिछानेको राजनीति गर्ने मुड निकै राम्रो भएको समेत बताएका छन् ।
पत्रकारिता क्षेत्रमै रहेका भण्डारी र लामिछाने केहि दिनदेखि निर्मला पन्त प्रकरणमा एकले अर्कालाई आछेप लगाउदै आएका थिए । उनीहरु परस्पर बिरोधि मानिन्छन ।
के भनेका थिए रविले ?
मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै आफु राजनीतिमा आउने सम्भावनाको ढोकामा ताल्चा नलागेको बताएका थिए ।
टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका थिए।
हेर्नुहोस पत्रकार खेम भण्डारीको भनाइ जस्ताको त्यस्तै:
रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् । Very Good । देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ । लौ रविजी आउनुस ! आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट मसँग भिडेर हेर्नुस् !
प्रतिक्रिया दिनुहोस