भदौ १०, चितवन । गत साउन २० चितवनको एक होटलमा मृ’त भेटिएका पत्रकार शालि’कराम पुडा’सैनीको भिडियाे सन्देश आफैंलेमात्र नभइ अरु कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने चितवन जिल्ला अदालतको भनाइ आएको छ ।
यो खबर मेशकुमार पौडेलले कान्तिपुर दैनिकमा लेखेका छन् । सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशको पेज नम्बर ७ को अन्तिम र पेज नम्बर ८ को सुरुवाती खण्डमा भिडियाे रेकर्ड आफैंले गरेकाे नदेखिएकाे भनाइ उल्लेख गरिएको छ। भिडियोको अन्तिममा शालि’करामले दुवै हात जोडेको देखिँदा अदालतले त्यस्तो सन्देश गरेको हो।
‘क्षमा याचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन’ आदेशमा उल्लेख छ। शालि’करामले घटनास्थलको कोठाको उपयुक्त उचाइमा आफ्नो मोबाइल फोन भिडियो रेकर्ड मोडमा स्थिर राखेर खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्था भेटिएको भन्ने ब्यहोरा उल्लेख नभएको आदेशमा जनाइएको छ।
‘अतः सो भिडियो रेकर्ड हुँदा निज शालि’कराम पुडा’सैनी अर्को कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गरेको देखिन्छ’ अदालतले आफ्नो आदेशमा भनेको छ। मिसिलमा संलग्न मृतक पुडासै’नीको श’व परीक्षण प्रतिवेदनमा मृ’त्युको कारण झु’ण्डिएको (ह्याङ्गिङ) उल्लेख भइ निजको घाँटीको हड्डी भाँचिएको र घाँटीमा डोरीको डाम भएको आदेशको पेज नम्बर ३ मा उल्लेख छ।
भिडियोमा शालि’कराम भित्रि वस्त्रमा देखिएको र झु’ण्डिएको अवस्थामा रहेको श’वको फोटोमा पाइन्ट सर्ट लगाएको हुँदा उक्त अवस्थाले मृ’त्यकालीन घोषणा गर्दाको अवस्था र आत्मह’त्या गर्दाको अवस्था एउटै नभइ फरक अवस्था रहेको भन्ने देखिने आदेशमा उल्लेख छ।
यो फरक अवस्थाले भिडियोमा व्यक्त भएको भनाइ नै मर्दै गरेको व्यक्तिको मृ’त्युअघिका शब्दहरु (वर्डस विफोर डेथ अफ डाइङ पर्सन) थिए वा थिएन भन्ने एकिन गर्ने आधार खोज्नु पर्ने न्यायाधीशको मत रहेको छ।
‘यो एकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आत्मह’त्या गरी देह’त्याग गरेको समयको अन्तर छुट्याउन सबुतको रुपमा रहेको भिडियो र मृतकको शव परीक्षण प्रतिवेदनमा मृ’त्युको समय उल्लेख हुनु आवश्यक देखिन्छ’ आदेशका भनिएको छ। तर यी कुरा शव परीक्षण प्रतिवेदनमा उल्लेख नभएको आदेशमा किटान गरिको छ। त्यसैले आदलतले विशेषज्ञहरुलाई बयानका लागि झिकाउने आदेश दिएको छ।
‘म’र्न लागेको अवस्थामा मृ’त्यु बारेमा व्यक्त गरेको भनाइमात्र प्रमाण लिन मिल्ने हुँदा मृतक शालि’कराम पुडा’सैनीले कति समय पहिले भिडियो रेकर्ड गरी कति समयपछि डोरीमा झु’ण्डिएर आत्मह’त्या गरेका थिए भन्ने समय एकिन नगरी सो भिडियो मृ’त्युकालीन घोषणा हो वा हैन भनि एकिन गर्न सकिएन’ आदेशमा उल्लेख छ।
अदालतले श’व परीक्षण गर्ने महाराजगञ्ज शिक्षण अस्पतालका दुईजना चिकित्सक र मोबाइल फोनको भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाका फरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।
मृ’तकको श’वमा घाउ चोट भएको मिसिलमा संलग्न देखिने तर झु’ण्डिएर आत्मह’त्या गरेको व्यक्तिको शरीरमा के कसरी घाउचोटको अवस्था रहयो भन्ने अनुसन्धानबाट नखुलेको अदालतको आदेशमा उल्लेख छ। घटना हुँदाका बखत आत्मह’त्या दुरुत्साहनका प्रतिवादीहरु घटनास्थलमा उपस्थित भएको देखिएन भन्ने सन्दर्भपछि अदालतले यो वाक्य राखेको हो।
प्रतिक्रिया दिनुहोस