विप्लव नेकपाले गर्यो १५ जिल्ला बन्दको घोषणा [विज्ञप्तिसहित]


साउन ११, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले बन्दको आवह्वान गरेको छ ।

नेकपाले यहीँ साउन १५ गते बाग्मति, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ । विद्रोही नेकपाले लामासहित सम्पुर्ण नेता कार्यकर्ताको विना सर्त रिहाईको माग गरेको छ ।

विप्लव नेकपाको विज्ञप्तिअनुसार बन्द हुने जिल्लामा बागमती अञ्चलका काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक रहेका छन् ।

त्यस्तै नारायनी ब्यूरोका रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन पनि नेकपाको बन्दमा परेका छन् । उता जनकपुरका रामेछाप र दोलखामा पनि नेकपाले बन्दको आह्वान गरेको छ ।

साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं काँडाघारीबाट माइला लामालाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

२०६२/०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी गरेको भन्दै त्यसको विरुद्ध आफ्नो पार्टीले लगातार संघर्ष गर्दै आएको प्रकाण्डले बताएका छन् । सरकारले आफ्नो पार्टीमाथी प्रतिबन्ध लगाएर राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा नाङ्गिएको र संकटमा परेको प्रकाण्डले बताएका छन् ।

जनकलाकार एवं उपत्यका ब्युरो इन्चार्ज लामालाई यहि साउन ४ गते काँडाघारीस्थित एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले मध्यराति घेरा हालेर पक्राउ गरेको थियो । एनसेलमा बम बिष्फोट लगायतका मुद्धामा लामा नख्खु कारागार चलान भएका छन् ।

सामाजिक सञ्जालमा लामा पक्राउको सत्तारुढ नेकपाकै नेता कार्यकर्ता एवं संस्कृतिकर्मीले विरोध गरिरहेका छन् । उनको रिहाई हुनुपर्ने आवाज उठिरहेको छ ।

विद्रोही नेकपाका महासचिव विप्लवले स्थायी समिति सदस्य हेमन्त पक्राश ओली ‘सुर्दशन’ केन्द्रीय सदस्य माइला लामा सहितका नेताको विना सर्त रिहाइको माग गरेका छन् ।

हेर्नुहोस विज्ञप्ति 

११ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको