विप्लवका नेता ओली अदालत परिसरबाटै तेस्रोपटक पक्राउ, प्युठान लगियो


साउन ११, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाइ प्रहरीले तेस्रोपटक पक्राउ गरेको छ ।

उनलाई शुक्रबार साझँ सर्वोच्च अदालतले छाड्न दिएको आदेश अनुसार रिहाई गरिएको थियो तर रिहाई लगतै जिल्ला अदालत रोल्पाको परिसरबाटै प्रहरीले पुन: पक्राउ गरि प्युठान लागिएको हो ।

उनलाई शुक्रबार साझँ नै जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरि प्युठान पठाएको स्रोतले जनाएको छ ।

सर्बोच्चले लाल बहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै शुक्रबार रिहा गर्न आदेश दिएको थियो । प्रवृत्त धारणा राखी गैर कानुनी तवरले थुनामा राखेको भन्दै सर्बोच्चले थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला अदालत रोल्पाले रिहाई गरेको थियो ।

उनिसहित ३ जना नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो ।

तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो । उनि संगै गिरफ्तार चन्द्रबहादुर खड्का असल र चुडामणि ओली आदर्श रिहा भैसकेका छन् । उनीहरु दुवैजनालाई सुनसरी जिल्ला अदालतले साधारण तारिकमा रिहा गरेको थियो ।

११ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको