जेठ १३, बझाङ । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले विप्लव समूहसँग वार्ता गरेर समाधान निकाल्नुपर्ने भन्दै सरकारलाई सुझाव दिएका छन् ।
फोटो फाइल
सोमबार नेपाली कांग्रेस बझाङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो सुझाव दिएका हुन् । देशमा हिंसात्मक घटना दिन प्रतिदिन बढ्दै गएकाले समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
नेता पौडेलले सरकारले विप्लव माओवादी प्रति नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप समेत लगाए ।
यस्तै उनले नेत्रविक्रम चन्द विप्लवलाई समेत वार्तामा आउन सुझाव दिएका छन् । बरु सरकार र विप्लव समूहबीच वार्ताको लागि आफूहरु मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको समेत बताए । यसबाहेक उनले पार्टीको आन्तरिक खिचातानीबारे बोल्न पनि धेरै समय खर्चिए ।
प्रतिक्रिया दिनुहोस