धुर्मुश सुन्तली साँझ कार्यक्रम स्थलबाटै एनआरएनए युएईका अध्यक्ष श्रेष्ठ पक्राउ


बैशाख १४, युएइ । गैर आवसीय नेपाली संघ युएइका अध्यक्ष रमेश श्रेष्ठलाई युएईको स्थानीय प्रहरीले गिरफ्तार गरेको छ । सुक्रबार आयोजित धुर्मुश सुन्तली साँझ २०७६ कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्टलाइ गिरफ्तार गरेर लगेको हो ।

एनआरएन युएइ अध्यक्ष रमेश श्रेष्ठ

अध्यक्ष श्रेष्ठ अप्रिल २६ शुक्रबार बरदुबई स्थित ग्राण्ड एक्सेलसिएर होटलबाट प्रकाउ परेका हुन् । चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको बिशेष अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई कार्यक्रम स्थल बरदुबईबाट व्यक्तिगत लेनदेन बिषयमा गिरफ्तार परेका हुन् ।

बिशेषगरि उनलाई चेक बाउन्स अभियोगमा युएइ प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । ब्यबसायिक प्रयोजनका लागि रकम लेनदेनमा ठगि अभियोग लागेपछि उनलाई युएई प्रहरीले अनुसन्धानको लागि गिराफ्तार गरेको छ ।

बेलाबखत विभिन्न बिषयमा बिबादित बन्दै आएका अध्यक्ष श्रेष्ट यसअघि पनि युएइ प्रहरी द्वारा गिरफ्तार परेका थिए । उनि म्यानपावर ब्यबसायी पनि हुन् । युएइमा रहेर ब्यबसाय गर्दै आएका एनआरएनए, एनसीसी युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै ‘जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसी’ (म्यान पावर कम्पनि) चलाउदै आएका छन् ।

यो पनि पढ्नुहोस

‘एनआरएनए युएइ’को नाम ‘एनए’ मात्र, कार्यालय जिसिडी अफिसमा

१४ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको