मनिषा राई/चैत १३, रोल्पा । नेपाल सरकार भुमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालय नापी बिभागद्धारा ०७३ मा स्थापना भएको नापी कार्यलय घर्तीगाउ रोल्पाले सेवाग्राहीको मध्यनजर गर्दै बिभिन्न थप सेवा सुबिधाहरु उपलब्ध गराएको छ ।
जसमा कार्यलयमा सेवा लिन आउने सम्पुर्ण अशक्त, ज्येष्ठ नागरिक र बिरामी सेवाग्राहीलाई बिश्राम कक्षमा राखी तातो, चिसो पानी र चियाको व्यवस्थाका साथ कर्मचारी आफै बिश्राम कक्षमा गई सेवा दिइरहेको छ ।
साथै कार्यलयमा नक्सा प्रिन्ट ब्लुप्रिन्टको सत्तामा कम्युटर प्रिन्ट दिने गरेकोले सेवाग्राहीले ५ मिनेटमै सेवा पाइराखेको, कित्ताकाट गर्दा कम्युटर बाट हुने गरेकोले १/२ दिन लाग्ने काम आधा घण्टामै हुने गरेको, नक्सा, प्लट रजिष्टर, फिल्ड बुक कम्युटरबाट प्रिन्ट दिने गरेको, काउन्टर प्रणालीबाट सेवा प्रवाह भइरहेकोले सेवाग्राही कोठा, कोठामा जानु पर्ने झन्झट नभएको र कार्यलयमा रहेका नक्सा, श्रेस्ता, फिल्डबुक डिजिटल डाटालाई संरक्षण गरी राखेको लगायतका सेवा सुबिधा रहेको नापी कार्यलय घर्तीगाउ रोल्पाले जनाएको छ ।
बिगतका बर्षहरुमा होटल खर्च गरेर जिल्ला सदरमुकाम लिवाङमा जानुपथ्र्यो, त्यसमा पनि लाइनमा बस्दा बस्दा पालो नआएर हैरानी खेप्नुपरेको सम्झदै अंशवन्डाका लागि आउनु भएका सेवाग्राही परिवर्तन गाउपालिका ५ रांकोटका बेगमकुमार घर्तीमगरले अहिले घर्तीगाउमा नापी कार्यलय आएपछि समय संगै पैसाको पनि बचत भएको बताउनुभयो ।
उहाले नापी कार्यलय घर्तीगाउ रोेल्पाबाट डिजिटल सिस्टमबाट अंशवन्डाको कित्ताकाट गर्ने हुदा ३ ÷४ दिन लाग्ने काम १५ मिनेटमै हुने हुदा छिटो छरितो रुपमा सेवा पाउदा आफुलाई खुशि लागेको बताउनुभयो ।
करिव ६ घण्टाको बाटो लगाएर सदरमुकाम जानुपर्ने झन्झट बाट मुक्त भएको बताउदै डिजिटल प्रबिधिबाट सेवा सुबिधामा थप सहजता आएको कार्यलयमा नक्सा सम्बन्धि सेवा लिन आउनुभएका अर्का सेवाग्राही श्री नेपाल राष्ट्रिय मावि गंगादेव गाउपालिका ५ सिमखोलाका शिक्षक पहल बहादुर केसि बताउनुहुन्छ ।
सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नभएको, कार्यलयका कर्मचारीहरुले पनि मुस्कानसहितको सेवामा कुनै कमि नराखेको बताउनुहुन्छ बिगत २ बर्षदेखि कार्यरत लेखापढि कानुनि व्यवसायी गंगादेव गाउपालका १ ओत निवासी हरिप्रसाद घर्तीमगर ।
त्यस्तै समाजसेवी तथा माडी गाउपालिका ४ आरुवा निवासी नक्सा लिनका लागि आउनुभएका सेवाग्राही लोक बहादुर बुढाका अनुसार बिगतका बर्षहरुमा ३ दिनको पैदल हिडेर सदरमुकाम गएर अमिन ल्याउनुपर्ने र भनेको समयमा काम नहुने हुदा हैरानी खेप्नुपरेको थियो तर अहिले बिहान आएर साझ फर्कन मिल्ने गरी नजिकै कार्यलय आउदा छिटो छरिटो र सहज रुपमा सेवा पाउदा उहा खुशि हुनुहन्छ ।
यता नापी कार्यलय घर्तीगाउका कार्यलय प्रमुख सन्जित वलीले सेवाग्राहीलाई सेवाप्रवाहमा कुनै पनि कसर बाकि नराख्ने बताउनुभयो । जग्गा नाप, जाच तथा नक्सा श्रेस्ता अधावधिक सम्बन्धि निर्दे्शिका र जग्गा नापजाँच ऐन, नियमावलीभित्र रही सेवा प्रवाहमा कुनै कन्जुसाई नगर्ने उहाको भनाई छ ।
आफनै भवन भएको भए झन् थप सुबिधा हुने बताउदै भाडाकै घरबाट भएपनि सेवाग्राहीको हरेक समस्यालाई मध्यनजर गर्दै जतिसक्दो छिटो छरिटो र सजिलो रुपमा काम सम्पन्न गरीदिने बताउनुभयो । नापी कार्यलय हाल मासिक २८ हजार भाडादरमा सन्चालनमा छ ।
प्रतिक्रिया दिनुहोस