विप्लव नेकपाका १७ कार्यकर्ता अदालतको आदेशमा रिहा


चैत १३, सिन्धुपाल्चोक । सरकारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका १७ कार्यकर्तालाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको छ ।

सांगठिनक गतिविधि गरिरहेको बेला चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारबाट १७ जना पक्राउ परेका थिए । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ ।

न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६/६ हजार धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

विप्लव समूहका कार्यकर्ता संगठन विस्तारका क्रममा काभ्रे, दोलखा, जाजरकोटलगायतका जिल्ला पुगेर कार्कीटार आइपुगेका थिए । खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट दुई थान हम्मर, फलामा काट्ने कटर, विद्युत प्राधिकरणलाई चन्दाको लागि लेखिएको पत्र लगायतका सामग्री बरामद गरेको थियो ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको