बझाङमा चिट चोराउने भिड नियन्त्रण गर्न एक राउण्ड हवाई फायर, ३ जना पक्राउ


जिवन सिह/चैत १३, बझाङ । बझाङमा एसईई परिक्षा आज भएको गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीन जना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा चिट चोराउँदै गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीकार्यालय बझाङले जनाएको छ ।

परिक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरी माथिनै ढुङ्गामुढा गर्ने तथा प्रहरीलाई अटेर गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैबीच हुलदंगा गर्ने तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी फर्किएपछि फेरि अभिभावकहरु परिक्षा हलमा पसेर ढुङ्गामुढा प्रहार गर्ने तथा परिक्षा नै रद्द गर्ने हर्कत गरेपछि प्रहरीले एक राउन्ड हवाई फायरिङ गरेर अवस्थालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक प्रवीण धितालले जानकारी दिनुभएको छ ।

पक्राउ परेका तीन जनाको प्रहरीले नाम खुलाएको छैन भने उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक धितालले जानकारी दिए ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको