चैत १३, काठमाडौं । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले यहि चैत १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । पार्टीका महासचिव चन्दले बिज्ञप्ति जारिगरि बन्द फिर्ता लिएको जनाएको छ ।
शनिबार भएपनि उक्त दिन ४ लाख ७५ हजार ३ जना बिद्यार्थीको परिक्षालाइ ध्यानमा राखी बन्द फिर्ता लिएको बिज्ञप्तिमा उल्लेख छ । परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरले परिक्षामा अबरोध नगरिदिन गरेको अपिललाई ध्यानमा राखी बन्द फिर्ता लिएको नेकपाले जनाएको छ ।
नेपाल बार एसोसिएसन र मानव अधिकार आयाेगले पनि १६ गतेकाे बन्द फिर्ता लिन आग्रह गरेको थियो । उक्त दिन नै नेपाल बार एसोसिएसनको निर्वाचन र एसइइकाे परिक्षा भएकाले बन्द नगर्न नेकपालाइ आग्रह गरिएकाे थियाे ।
यिनै बिषयलाई ध्यानमा राखेर बन्द फिर्ता लिएको नेकपाले बताएकाे छ । तर तत्काल आफ्ना संघर्षका कार्यक्रमहरु फिर्ता लिए पनि उचित समय मिलाएर आफ्ना बिरुद्द देश भर भैरहेको धरपकडको बिरुद्द प्रतिबाद गर्ने चेतावनी दिएको छ ।
सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् ।
नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि सरकारले त्यसको बिरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संबैधानि तरिकाले प्रतिबन्ध लगाएको एसोसिएसनले जनाएको छ । तर आफ्नाे पार्टीमाथिको प्रतिबन्ध हटाउन नेकपाका महासचिव विप्लवले ओली सरकारलाई चैत मसान्तसम्मकाे अल्टिमेटम समेत दिएका छन् ।
यस्तो छ बिज्ञप्ति:
प्रतिक्रिया दिनुहोस