चैत्र १३, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजी आचार्य पक्राउ परेका छन् । आचार्य सूर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन् । उनलाई प्रहरीले कञ्चन गाउँपालिकास्थित निवासबाटै पक्राउ गरेको हो।
संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले आचार्यलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे।
यसैबीच संगठनका केन्द्रीय अध्यक्ष पाठकले सामाजिक सञ्जालमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै पक्राउ गरिएका आचार्यलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्।
उनले ट्रेड युनियनका व्यक्तिलाई बिना कारण पक्राउ गर्न नपाइने भन्दै रिहा गर्न माग गरेका हुन्। सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपछि उनको पार्टी निकट संगठनका पदाधिकारीमाथि प्रहरीले निगरानी बढाएको छ।
प्रतिक्रिया दिनुहोस