पत्रकार महासङ्घले विश्वकर्माको पक्राउ सम्बन्धनमा अध्ययन गर्न मिसन टोली पठायो


चैत १३, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ ।

विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाउने निर्णय गरेको पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पोष्टपाटीलाई जानकारी दिए । उनले भने, ‘सम्भव भएसम्म मिसन टोली आजै जान्छ, आज भ्याएन भने भोलि जान्छ ।’,

बिष्टका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मीसमेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्ने बताए ।

रेडियो स्टुडियोबाटै पक्राउ परेका पत्रकार कर्ण बिश्वकर्मा ।

स्थलगत अध्यनमा गएको टोलीले घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्ने बिष्टले जानकारी दिए । पत्रकार विश्वकर्मालाई यही चैत ७ रेडियो स्टुडियोबाटै प्रहरीले पक्राउ गरेको थियो ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको