लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु


चैत १३, काठमाडौँ । भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ ।

भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ । तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा कमी आएको छैन ।

रिपोर्ट अनुसार उनी ४५ दिनदेखि लगातार ‘पबजी’ गेम खेलिरहेका थिए जसका कारण उनको गर्धन निकै दुख्न थाल्यो । त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको ज्यान गएको हो ।

उनको उपचारमा संलग्न डाक्टरहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् । पबजी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता पबजी कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र पबजी खेल्न पाउने व्यवस्था गरेको छ ।

उक्त फिचर अनुसार प्लेयर्सलाई पबजी खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको