अफगानिस्तानसँग पनि हार्‍यो नेपाल


चैत १३, काठमाडौं । नेपाली यु—२३ टोली एएफसी यु—च्याम्पियनसिप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग पनि पराजित भएको छ ।

कतारको दोहास्थित स्पोट्स सिटी सेन्टर मैदानमा भएको खेलमा नेपाल अफगानिस्तानसँग २—० गोल अन्तरले पराजित भएको हो ।

छनोटका लागि कतार पुगेको युवा टोली आफ्नो समूहका तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा कतारसँग पराजित भएको नेपाली टोली अफगानिस्तानसँग पनि पराजित भएको हो ।

नेपालविरुद्ध अफगानिस्तानका सोलोमन शाह खोरोमिले २४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको ठीक १० मिनेटपछि अर्थात् खेलको ३४ औं मिनेटमा अफगानिस्तानका अहमल ओमरनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २—० गोलको अग्रता दिलाए ।

खेलको पहिलो हाफमै २—० गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि गोल फर्काउन नसक्दा पराजित हुनुपरेको हो ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको