ब्राजिलले हरायो रिपब्लीकलाई


चैत्र १३, काठमाडौँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा गाव्रियल जेसस र रोवोर्टो फिरमीन्होले गोल गर्दा ब्राजिलले चेक रिपव्लीकमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले रिपब्लीकलाई ३—१ गोल अन्तरले परािजत गरेको हो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको ब्राजिललमाथि रिपव्लीकका डेभिड पाभाल्काले ३७ औं मिनेटमा गोल गर्दै ५ पटकको विश्वकप विजेता ब्राजिलमाथि अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ब्राजिलका रोवोर्टो फिर्मीन्होले ४९ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । खेल १—१ गोलको बराबरी रहेको अवस्थामा ब्राजिलका जेससले ८३ औं मिनेटमा गोल गर्दै रिपव्लीकमाथि दबाब सिर्जना गरेका थिए ।

त्यस्तै, जेससले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३—१ गोलको जीत दिलाएका थिए ।

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको