दोहोरो वायुले प्रि–मनसुन सक्रिय, बुधबार पनि दोहोरिने


चैत १३, काठमाडौँ । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ ।

सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

‘सामान्यतया प्रि मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर क्षणिक वर्षा हुने गर्छ, तर मंगलबार भने दुईवटा मौसमी प्रणालीले गर्दा बिहानैदेखि मेघ गर्जनसहित वर्षा भयो’ उनले भने ।

मंगलबार सक्रिय बनेको प्रिमनसुन बुधबार बिहानैदेखि कमजोर हुने र मुलुकको पूर्वी भेगबाहेक अन्यत्रको मौसम सफा हुने उनले बताए । तर अपरान्ह्पछि मुलुकका केही भू–भागमा क्षणिक वर्षाको गतिविधि भने दोहोरिने बताउँदै प्रधाङ्गले भने, ‘अहिले प्रिमनसुनको समय भएकोले यस्तो गतिविधि दोहोरिनु स्वभाविक हो ।’

१३ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको