दाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ५ जना घाईते (नामवलीसहित)


फागुन १५, दाङ । दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् ।

दुुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका चालक तथा सवारी धनी ३५ वर्षीय लालबहादुर वली र त्यही ठाँउका ५५ वर्षीय अम्मरबहादुर वलीको ज्यान गएको हो ।

 

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका ४४ वर्षीय कर्णबहादुर खड्का, १६ वर्षीया लीला खड्का, घोराही उपमहानगरपालिका–१५ निवासी २२ सपनासिंह ठकुुरी र उहाँकी २ बालबालिका घाइते भएको इलाका प्रहरी कार्यालय तुुलसीपुरले जनाएको छ ।

घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुधरासबाट छिल्लीकोटका लागि जाँदै गरेको लु १ ज ५९१२ नम्बरको पिकअप भ्उान बेलुका ६ बजे तुलसीपुर–१९ छिल्लीकोटमा दुुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भ्यान दुर्घटनास्थलबाट एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा ३ जनाले हाम फालेर सकुशल बाँच्न सफल भएका छन् ।

 

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको