योगेश भट्टराईको प्रश्न: ‘मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ?’


फागुन १५, काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएसँगै यतिबेला सामाजिक सञ्जालकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् । मन्त्री अधिकारीको दुर्घटनामा मृत्यु भएसँगै नेकपाका युवा नेता योगेश भट्टराईले ५ मिनेटको फरकमा तीनवटा स्ट्याटस लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सुरुमा नेता भट्टराईले आफ्नो र मन्त्री अधिकारीको फोटो राखेर लेखेका छन्, ‘प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ’ तिम्रै आवाजले एकपटक बताइदेउन् यार ।’

 

यस्तै भट्टराईले पत्रकार मित्रहरु तपाईंहरुको फोनको घण्टी बजिरहेको छ । माफ गर्नुहोला आज म कुनै पनि टिप्पणी गर्न सक्दिन भन्दै दोस्रो स्ट्याटस लेखेका छन् ।

यस्तै भट्टराईले फेसबुकमा तेस्रो स्ट्याटस राख्दै गम्भिर प्रश्न उठाएका छन् । उनले मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान भरियो भन्दै प्रश्न समेत गरेका छन् ।

भट्टराईले भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढि पाथीभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई पाइलटहरुले सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

१५ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको