दुर्घटना भएको हेलिकप्टरमा को-को थिए ?


फागुन १५, काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर जाँदै गर्दा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए ।

तेह्रथुमको आठराई स्थित हेलिप्याड निरीक्षण गरि पाथिभरा मन्दिर दर्शन गर्न उडेको मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ६ नटिकल माइल उत्तर-पूर्वस्थित सिस्ने खोला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको बताएका छन् । हेलिकप्टर दुर्घटनामा परेको जानकारी पाएपछि नेपाली सेनासहितको टोली उद्दारका लागि सदरमुकाम फुङलिङबाट हिँडिसकेको छ ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको