मन्त्री अधिकारीको दुर्घटना खबरलाई लिएर प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए


फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

ताप्लेजुङ सिस्नेखोलामा हेलिकप्टरको टुक्रा भेटियो

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । एयरपोर्ट निरीक्षणका लागि उनी त्यसतर्फ लागेका थिए ।

ताप्लेजुङ फुङ्लिङबाट ६ नटिकल माईल उत्तर पूर्व सिस्नेखोलामा हेलिकप्टरको टुक्रा भेटिएको स्थानीयले जनाएका छन्।

हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसीसहित ६ जना सवार रहेका थिए । मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको