भारत-पाकिस्तानको लडाई तेस्रो बिश्वयुद्द्को संकेत, विप्लवको एकीकृत-क्रान्तिको अवसर


बिपी बिद्रोही । पुजिबादको सबै भन्दा बढी लगानी कम्युनिस्टहरुलाई सिध्याउनमा खर्च हुन्छ । उनीहरु आफ्नो प्रमुख दुस्मन टुसाउदै गरेका समाजबादी आन्दोलहरुलाई मान्दछन । बिस्वका बिभिन्न मुलुकहरुमा साम्राज्यवादको नेतृत्वमा समाजबादी आन्दोलन माथी धरपकड हुँदै आइरहेको छ।

पेरुमा कमरेड गोन्जालोको नेतृत्वमा सुरु गरिएको बिद्रोह देखेर साम्राज्यवाद यति आततायी भयो कि त्यहा हस्तक्षेप गरेर गोन्जालोलाई करिब तीन दशक अगाडि देखि चरम याताना दिएर जेलमा कोचेको छ ।

पछिल्लो समय भेनेजुयला माथी साम्राज्यवादको आक्रमण पुजीवादको समाजबादी आन्दोलन माथी गरिएको ताजा अति घृणित उदाहरण हो। पुजिबाद समाजबादी आन्दोलन संग साम्राज्यबाद कति कायर छ भन्ने कुरा त्यहाबाट प्रस्ट हुन्छ । उनिहरु समाजबादलाई तुहाउन जुन सुकै घृणित हद सम्म पनि पुग्न तयार देखिन्छन् ।

रसीया लेनिनको देश रसिया समाजबादी मुलुक भनिए पनि सारमा त्यो पुजिबादी मुलुक नै हो । लेनिनको समयताका समाजबादी ब्यबस्थाको उदाहरण बनेको रसिया अहिले पुजीवादी मुलुकमा परिणत भैसकेको छ । चाइनाको पनि अबस्था लगभग उस्तै देखिन्छ। चिनमा माओले दीर्घकालीन जनयुद्ध मार्फत पूरा गरेको चिनियाँ सास्कृतिक क्रान्तीका अबसेसहरु पुजिबादले निमिट्यान्न पार्दै लगेपनी पछिल्लो समय सि जिङ पिङको शासन कालमा समाजबादी आन्दोलनमा केही सुधारहरु देखापरे ।

यसरी पुजिबाद र समाजबाद बिच घम्साघम्सीको स्थिती देखिन्छ । पछिल्लो समय विश्व कम्युनिस्ट आन्दोलनमा आसालाग्दो अनुहारको रुपमा नेपालमा बिप्लबको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले उठाएको झण्डा र उनले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा देखिन्छ ।

प्रचण्ड बाबुरामहरु पतन भएपछी इतिहासको गम्भीर मोडमा कमरेड बिप्लबको उपस्थित निकै स-सक्त र आशाबादी देखिन्छ ।

रुपमा त्यस्तो केही नदेखिए पनि सारमा दलाल पुजिबादको सबैभन्दा टाउको दुखाइको बिषय बनेको छ ‘बिप्लब माओबादी’ । बिप्लबको समाजबादी आन्दोलनलाई तुहाउन भारतको नेतृत्वमा साम्राज्यवाद जोडतोडले लागेको देखिन्छ । यसरी सरसर्ति हेर्दा पुजीवादी मुलुकहरू बिचको लडाइ क्रान्तिकारी कम्युनिस्टहरुलाइ निकै मलिलो देखिन्छ। जब पुजिबादी मुलुकहरु एक आपसमा लडाइ गर्न थाल्छन, त्यति बेला समाजबादी आन्दोलनहरु सफल हुन्छन ।

पहिलो विश्वयुद्दताका रसियामा लेनिनले समाजबादी आन्दोलन सफल पारे । त्यस्तै दोस्रो बिस्वयुद्दताका चिनमा माओले क्रान्ति सम्पन्न गरे । अहिले नेपालमा विप्लबको नेतृत्वमा चलिरहेको एकीकृत जनक्रान्ती पनि समाजबादी आन्दोलनको एउटा झिल्को हो ।

अहिले पनि विश्व पुजीवादी शक्ति केन्द्रहरु एक आपसमा रस्सा-कस्सी गरिरहेका छन। पछिल्लो समय अमेरिका र उत्तर कोरियाको टकराब भारत र पाकिस्तानको युद्दको सुरुवात त्यसको उदाहरण हुन। भारत र पाकिस्तानको लडाईलाइ लिएर अन्य देशहरु कित्ताबन्दीमा उभिने स्थिति आए तेस्रो विश्वयुद्द निम्तिन सक्ने खतरा छ ।

यता बिप्लबको समाजबादी आन्दोलनमा लोकप्रियता बढदै जाँदा उता पुजिबादी मुलुकहरु एक आपसमा भिडन तयार हुनु सफल समाजबादी आन्दोलनको लक्षण हुन सक्छ । तेस्रो विश्व युद्दको संकेत संगै बिप्लबको समाजबादी क्रान्तिको एक सफल संकल्प भेटिन सक्छ ।

त्यसकारण यो समय ढिला नगरी सचेत क्रान्तिकारी माक्सबादीहरुले दलाल पुजिबाद माथी निर्मम हमला गर्नु पर्ने देखिन्छ। अर्को पाटोको कुरा गर्दा नेपालमा हरेक दस-दस वर्षमा शासन ब्यबस्थामा फेरबदल हुँदै आएको छ । सात साल देखि नेपाली जनताले गर्दै आएको बैज्ञानिक समाजबादी ब्यबस्थाको माग साम्राज्यवादको सडयन्त्रले विभिन्न सम्झौताहरुमा गएर टुङ्गिएको छ । ति समय देखि अहिलेसम्म समाजबादी ब्यबस्था आउन नसके पनि शासन सत्तामा केहि सुधारहरु भने देखिए ।

तर जनताको समाजबादको माग पूरा हुन सकेन। ७ साल, १७ साल, ३६ साल, ४६ साल, ५२ को जनयुद्ध र ६२-६३ को जनअन्दोल हुँदै अहिले पचहत्तर सम्म आउदा अब समाजबादी आन्दोलनको निम्ति सासकहरु सग अन्तिम बिद्रोह हुने देखिन्छ। त्यसको नेतृत्व कमरेड बिप्लबले गर्दै आउनु भएको छ।

२०७५ फाल्गुन १५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको