फाल्गुन १५, साउदी । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले महासचिब चन्द्र प्रकाश पुनलाइ बिदाइ गरेको छ । प्रवासको बसाइलाइ बिट मार्दै स्वदेश फर्किदैन गरेका पुनलाई २६ फेब्रुवरी मंगलबारका दिन छेत्रीय कमिटि रियादको एक कार्यक्रम बीच बिदाइ गरेको जनाएको छ ।
छेत्रीय कमिटि रियादका संयोजक क्षितिज मगरको अध्यक्षतामा सम्पन्न बिदाइ कार्यकममा साउदीका केन्द्रिय उपाध्यक्ष राजन खड्का ‘रेगम्’को प्रमुख आथित्यता रहेको थियो भने अन्य सहभागीहरुमा क्षेत्रीय कमिटि रियादका कोषअध्यक्ष आयुस राना र सचिव पोषण केसि आदिको सहभागीता रहेको थियो । कार्यक्रमलाइ सचिव पोषण केसिले संचालन गरेका थिए ।
बिदाइ कार्यक्रममा महासचिव पुनले संस्थालाइ दिएको योगदानको उच्च कदर गर्दै सस्थाको तर्फबाट उपाध्यक्ष राजन खड्काले खादा ओढाएर कदरपत्र हस्तान्तरण गरेका थिए । चन्द्र प्रकाश पुनले साउदीको संस्था स्थापनाकाल देखि हालसम्म महासचिवको जिम्मेवारी निर्बाह गर्दै संस्थाप्रति महत्वपुर्ण भूमिका खेलेको स्मरण गर्दै पुनको योगदान बारे चर्चा गरिएको थियो ।
साउदीका केन्द्रिय संयोजक नरेन्द्र घर्तिले सस्थामा महासचिब पुनको अभाब सधै खड्कीरहने बताउदै उहाको योगदानबाट शिक्षा लिंदै अझ लगनसिल भएर लाग्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस