जनमुक्ति सेना पूनर्गठन गर्न पूर्व जनेसेनालाई नेकपाको अपिल


माघ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पूर्व जनमुक्ति सेना र बहिर्ग्मित जनमुक्ति सेनालाई जनमुक्ति सेना पुनर्गठन गरी अघि बढ्न अपिल गरेको छ ।

नेकपा केन्द्रीय जनसुरक्षा विभागले नेपालमा बाँकी रहेको क्रान्तिको प्रक्रियालाई निरन्तर अघि बढाउनका लागि पूर्व जनमुक्ति सेना र बहिर्ग्मित जनमुक्ति सेनालाई जनमुक्ति सेना पुनर्गठन गरी अघि बढ्न अपिल गरेको हो ।

विभागका सचिव अठोटले विज्ञप्ती निकालेर दस वर्ष जनयुद्ध लडेका बहिर्ग्मित जनमुक्ति सेना र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई विभिन्न तत्वहरूले उत्तेजित बनाउने गरेको भन्दै आफ्नो स्वाभिमान रक्षाका लागि पूर्व जनमुक्ति सेना र वहिर्गमित जनमुक्ति सेनालाई क्रान्तिको यात्रामा लामबद्ध हुन अपिल गरेका छन् ।

बहिर्ग्मित जनमुक्ति सेनाको अधिकारको हवाला दिँदै हरियो घाँस देखाउनेहरूले नै हिजो जनमुक्ति सेनालाई निःशस्त्र पार्न न्वारनदेखिको बल लगाएको पनि बिज्ञप्तीमा उल्लेख छ ।

साथै विज्ञप्तिमा जनयुद्धका कतिपय विशिष्ट घटनाहरूलाई लिएर त्यसमा मानवअधिकारको रङ भरी नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्नु क्रान्तिकारी आन्दोलनमाथिको चलखेल भएको पनि बताईएके छ ।

शान्तिप्रक्रियालाई वास्तविक शान्ति, अग्रगमन र आर्थिक–सामाजिक रूपान्तरणको बाटोमा तगारो हाल्नेहरूले नै सङ्क्रमणकालीन कानुनका नाममा देश र जनताका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै विज्ञप्तिमा देशलाई मुक्त गर्न एकीकृत जनक्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरिएको छ ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको