पूर्व माओवादी केन्द्रका २१ नेता-कार्यकर्ता नेतृत्वको नेकपामा प्रवेश


माघ १३, कैलाली । पूर्व माओवादी केन्द्रका जिल्ला स्तरिय २१ जना नेता कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

कैलालीमा आज आयोजित एक कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरुलाई कैलाली जिल्ला ईन्चार्ज विवेकले अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

कैलाली एरिया न. ५ को बर्दगोरिया गाऊपालिबाट पूर्व माओवादी केन्द्रका मान बहादुर डगौरा, पितराम डगौरा, बुद राम, जगतराम, धनिराम, शंकर, सोनुराम, रामप्यारे,टेक बहादुर खत्री रहेका छन् ।

यस्तै दिनेश डगौरा, जोखनलाल डगौरा, लेप्टेन,जनक, लिखराम, चुनुराम, सुरेस, लिखराम, चुलव, बुद्धिसिंह कठरिया र वगिरीलाल कठरिया रहेका छन् ।
नेकपा कैलालिको दुई महिना सङगठन बिस्तार तथा सुढृढकरण अभियानका तिब्र रुपमा अघि बढेको छ ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको