महोत्सवले व्यापार व्यावसायमा टेवा पुग्छ: नगर प्रमुख शर्मा


ज्ञानु गौतम/माघ १३, चौरजहारी । चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले चौरजहारीमा आयोजना गरीने महोत्सवले यस क्षेत्रको व्यापार व्यावसायमा सहयोग पुग्ने वताउनु भएको छ ।

चौरजहारी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको चौरजहारी वृहत महोत्सव २०७५ को छलफल कार्यक्रममा वोल्दै शर्माले महोत्सवमा राखिने विभिन्न स्टल र दर्सकहरुको आवतजावतले गर्दा व्यापार व्यावसायमा सहयोग पुग्ने कुरामा आफुले अपेक्षा राखेको वताउनुभयो ।

सो अवसरमा प्रमुख शर्माले स्थानिय उत्पादन, कला संस्कृति रितिरिवाज एवम परम्परा झल्किने किसिमका विषय वस्तु तथा सामाग्री महोत्सवमा समेटन वाणिज्य संघलाई सुझाव दिनुभयो ।

उद्योग वाणिज्य संघले चौरजहारीमा आगामाी फाल्गुन ७ गते देखि १७ गते सम्म वृहत चौरजहारी महोत्सव संचालन गर्न लागेको छ । वाणिज्य संघका वरिष्ठ उपाअध्यक्ष यदूकुमार आचार्यको संचालन तथा संघका अध्यक्ष प्रेम गहतराजको अध्यक्षतामा सम्पन्न छलफलमा नगर प्रमुख विशाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको