रोल्पामा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलन सम्पन्न


माघ १३, रोल्पा । विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) रोल्पाको २२ औँ जिल्ला सम्मेलन र दलित मुक्ति मोर्चा नेपालको चौथो जिल्ला सम्मेलन सयाैं क्रान्तिकारी विद्यार्थी र स्थानीय जनताकाे उपस्थितिमा सम्पन्न भएकाे छ ।

सम्मेलनबाट नयाँ नेतृत्व समेत चयन गरिएकाे छ । अखिल (क्रान्तिकरी) रोल्पामा शाेभराम रानाकाे अध्यक्षतामा नयाँ कार्यसमिति घाेषणा गरिएकाे छ । जसमा उपाध्यक्ष प्रदिप कँवर, सचिव सिजकुमार घर्तीमगर, सह सचिव लिला बाठा, कोषध्यक्ष गोविन्द पुन निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरूमा हरीबहादुर वली, बागवीर घर्तीमगर, सदस्यहरू कमल बि.क, उमेश चन्द्र घर्तीमगर, प्रकाश डाँगी, खुमबहादुर थापा, सन्तोष हर्दम, शिवराज वली, हिमाल के.सी, प्रविन के.सी, गणेश रिजाल, प्रकाश वली, सुवास घर्ती, महेन्द्र घर्ती, ताजाराम वली, उत्तम घर्ती ,शसाङ्क सुवेदी, राजेश सुनार निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज जय प्रकास रोकामगर, अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाही, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टिकाराम परियार, अखिल (क्रान्तिकारी) का राप्ती व्यूरो इन्चार्ज पदम लगायतको आतिथ्यता थियो । जिल्ला अध्यक्ष शोभाराम रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष प्रदीप कँवरले गर्नुभएको थियो ।

यता दलित मुक्ति मोर्चा रोल्पा जिल्लाको चौथो जिल्ला सम्मेलनमार्फत पनि नयाँ कार्यसमिति चयन गरिएकाे छ । निर्वाचित अध्यक्ष पूर्णबहादुर बि.क.ले सम्मेलबाट निर्वाचित पदाधिकारीहरुको वितवरण सार्वजनिक गरेका छन् ।

जसको उपाध्यक्षमा पोखलाल बि.क, सचिव समुद्र परियार, सह सचिव वीरेन्द्र बि.क, कोषाध्यक्ष कल्पना परियार रहेका छन् । सदस्यहरूमा सुरेन्द्र परियार, भिम परियार, गोपाल बि.क, गदाफी सुनार, प्रतवीर सुनार, प्रेम बि.क, सुवास बि.क, विजय वि.क, रुद्र बि.क र ज्ञानु बि.क निर्वाचित भएका छन् ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको