काठमाडौमा नेकपाको प्रदर्शन, हस्तक्षेप नरोके अमेरिकी दुतावास फाल्ने चेतावनी


माघ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि धर्ना दिइएको छ ।


आइतबार काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जवस मोर्चाले निर्वा्चित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो ।

प्रदर्शनकारीहरुले तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन् । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नुपरेको नेकपाको भनाई छ ।

महाराजगञ्ज स्थित टिचिङ हस्पिटलको गेट अगाडिबाट सुरु भएको बिरोध प्रदर्शन अमेरीकी दुतावास अगाडिसम्म पुगेर कोडसभामा परिणत भएको थियो । र्यालीमा नेकपाका जवस मोर्चासहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

र्यालीपछिको कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकालले विश्वभरबाट समाजवादको उन्मुलन गर्ने उदेश्यले अमेरीकी पूजीवादले भेनेजुएलाको सार्वभौमसत्तालाई अपहरण गर्न खोजेको भन्दै बिरोध गर्नुभयो । उहाँले तत्काल हस्तक्षेप बन्द गरी भेनेजुएलाबाट अमेरीकी साम्राज्यवाद फिर्ता नभए भेजेजुएलाका नागरिकको समर्थनमा काठमाडौमा अवस्थित अमेरीकी दुतावासलाई उखेलर फाल्ने चेतावनी समेत दिनुभयो ।

विश्वभर हत्या, हिंसा अमेरीकाको कारण नै मौलाएको भन्दै अध्यक्ष ढकालले भन्नुभयो संयुक्त राष्ट्रसंघ संसारभरको नागरीकको न्यायको पक्षमा छ भने अमेरीकाले जसरी भेनेजुएलामाथि आक्रमण गरेको छ यो बारे बोल्नुपर्छ र अमेरीकालाई कार्वाहिको प्रस्ताव लैजानपर्छ ।

अमेरीकी दादागिरी र हस्तक्षेपका बिरुद्ध संसारभरीका नागरिक र समाजवादीहरुलाई एकजुट हुन अपिल गर्दै उहाँले स्वतन्त्र राष्ट्र भेनेजुएलाको पक्षमा उभिन आग्रह गर्नुभयो ।

नेपालका लाखौ युवा बिद्यार्थी र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको समर्थन भेनेजुएलाको आधिकारी राष्ट्रपति निकोलस मदुरो र सार्वभौमसत्ता सम्पन्न नागरिकको पक्षमा रहेको भन्दै उहाँले आवश्यक परे नेपालका लाखौ नागरिक मडुरोको पक्षमा उभिने प्रतिबद्धता पनि जनाउनु भयो ।

यस्तै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीले अन्तरष्ट्रिय कानुनको उल्लङ्घन गरेर अमेरीकाले भेनेजुएलामा नेस्नल एसेम्बलीका अध्यक्ष खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गरेको भन्दै बिरोध गर्नुभयो ।

भेनेजुएलामाथिको ठाडो हस्तक्षेपले अमेरीका नयाँ हिटलर बन्न खोजेको षड्यन्त्रको आभास भएको भन्दै उहाँले भनेजुरएलाका देशभक्त जनतालाई मुलकको रक्षाको लागी अमेरीकी हस्तक्षेपको बिरुद्धमा उत्रन अपिल गर्दै विश्वभरबाट साथ दिन तयार रहेको बताउनु भयो ।

विश्वमा अशान्ति मच्चाएर युद्ध छेड्ने नै अमेरीको भएको भन्दै अध्यक्ष कार्कील खनिज पदार्थ, प्राकृतिक श्रोत कब्जा गर्न विश्वभरका मुलकहरुमाथि हस्तक्षेप गरेर द्धन्द निम्त्याउने योजनामा नै भेनेजुएलामा पनि हस्तक्षेप गरेको बताउनु भयो ।

अमेरीकाको भनेजुएलामाथिको ठाडो हस्तक्षेपबारे किन संयुक्त राष्टसंघले बोल्दैन भन्दै प्रश्न गर्दै त्यहाँका नागरिकको पक्षमा आवाज उठाउन पनि आग्रह गर्नुभयो ।

कार्यकममा अखिल (क्रान्तिकारी)ले भेनेजुएलाको समर्थन गर्दै निकालेको बिज्ञप्ती संगठनका कोषध्यक्ष नरेन्द्र बि.क.ले पढेर सुनाउनुभएको थियो । कार्यक्रमको सन्चालन राजकुमारी शाहीले गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको बिदेश बिभाग प्रमुख धर्मेन्द्र वास्तोलाले पनि यसअघि नै बिज्ञप्ती निकालेर अमेरिकाले भेनेजुयलाका विपक्ष दलका नेता जुआन गोईदोले राष्ट्रपति आफू भएको भनि गरेको स्वघोषणालाई मान्यता दिएकोमा विरोध जनाउनु भएको छ ।

२३ जनवरी २०१९ मा भेनेजुएलाका निर्वा्चित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध अमेरिकी जासुसी संस्था सीआईए समर्थित गाईदोले आफैलाई राष्ट्रपति घोषणा गरेका थिए ।

लगत्तै अमेरीकी राष्ट्रपति डोनाल ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामाना गर्नु परेकाले नेस्नल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर लेखे ।

त्यसलगत्तै विश्वभर अमेरीकी हस्तक्षेपको बिरोध भईरहेको भने राष्ट्रपति मदुरोका समर्थक भेनेजुएलालीहरु समेत सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको जनाईएको छ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको