नेकपा झापाको प्रशिक्षण सम्पन्न, कमाण्ड ईन्चार्जले दिए यस्ताे निर्देशन


माघ १२, झापा । नेपाल कम्युनिस्ट पार्टी झापाको जिल्ला स्तरिय राजनैतिक तथा बैचारिक प्रक्षिण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टिका पिबिएम एंव पुर्वी कमाण्ड इन्चार्ज अनिल बिरही को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिरहिले सहभागी झापाली नेता कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु भएको थियो ।

पछिल्लो राजनितिक घटना क्रमको ब्यख्या गर्दै बिरहिले अहिलेको संसदिय सत्ता संकट र यसको समाधान अनिवार्य बनिसकेको परिस्थितिमा हाम्रो पार्टिले अगाडि सारेको बैज्ञानिक समाजबाद निर्बकल्पिय बनेर स्थापित भएको बताउनु भयो ।

अहिलेको सत्ता संकटको चरम रुप समाजमा जंही तंही देखिन थालेको र सत्ताधारी पार्टिकै नेताहरुले यो सत्ताको बिरोध गरेर हिंडिरहेको प्रसङ्ग निकाल्दै अब हाम्रा कुरा जो कोहिले बोलेर हिंड्ने अवस्था श्रीजना भएको छ भन्नू भयो ।

हाम्रो पार्टिले अगाडि सारेको एकीकृत जनक्रान्ति कस्तो हुन्छ भन्ने बिषय प्रती कुनै अस्पस्टता नरहेको हुनाले यतिबेला आम नेपाली जनता हाम्रो कार्यदिशा ओरिपरी ध्रुबिकृत हुने अवस्था श्रीजना भएको बताउनु भयो ।

बरु अहिले पार्टिका कार्यकर्ताहरुले धेरै मिहेनत गरेर काम गर्नु पर्ने कुरा उंहाले राख्दै निकट भविस्यमै यो मुलुकमा ठुलै उथलपुथल हुन लागेको भन्दै त्यसको निम्ति तयार रहन कार्यकर्ताहरुलाइ निर्देशन गर्नु भयो । कार्यक्रमको अध्यक्षता नेकपा झापाका सेक्रेटरी सुमनसिंहले गरेका थिए । स्वागत मन्तव्य जिल्ला सदस्य प्रबिन मिश्रले राखेका थिए ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको