द्धन्द्धपिडित राष्ट्रिय संजाल गठन, अध्यक्षमा गिता रसाईली


माघ १३, काठमाडौं । द्धन्द्धपिडित राष्ट्रिय संजालले काठमाण्डौमा माघ १२ गते पहिलो राष्ट्रिय भेला सम्पन्न गरेको छ । देशैभरिका पिडतहरु जम्माभई न्यायको अभियानलाई थप बलियो र प्रभावकारी बनाउन संक्रमणकालीन न्याय सम्बन्धि वृहत छलफलगरि राष्ट्रिय भेला सम्पन्न गरेको जनाएको छ ।

काठमाण्डौ घोषणा पत्र तयार, आयोगको म्याद अध्यादेश मार्फत थप्न पर्ने तर पछि आयोग लाइ पुर्नगठन गर्ने, सरकारले ल्याएको विधेयकलाइ पिडितहरु सम्म लगेर अर्थपूर्ण रुपमा छलफल गर्ने लगायतका निर्णयहरु तय गरेको संगठनले बताएको छ ।

भेलाबाट सर्बसम्मतमा गिता रसाईलीलाइ अध्यक्ष पदमा चयन गरेको छ, भने उपाध्यक्षमा गोपाल बहादुर शाहा, साबित्री श्रेष्ठ र महासचिवमा फडिन्द्र लुईटेललाइ चयन गरेको छ ।

त्यसैगरी सचिव पदमा सावित्री खडका, कोषाध्यक्षमा नग्मा माली र सदस्यहरु देवि सुनुवार, राधिका गौतम, श्रीकुमारी रोक्का, पार्वती तिल्सिना, निरन्जन चौधरि, बालकृष्ण श्रेष्ठ, मनकुमारी रंजीतकार, नवराज ढुङ्गाना, भरत बोहरा, कृती चौधरी, सुरेन के.सी., नेत्र भण्डारी, देउकला कुमारी घर्ती, केशव खनाल, विनय कटेल, शान्ति ढकाल, लक्ष्मी थापा, मोहन परियार, संजय गुप्ता, तुल्सी बहादुर खड्का, रत्ना शाही, शिव बुढाथोकी, दिपक मल्ल चयन भएका छन् ।

भेलाले प्रदेश संयोजकहरु पनि तोकेको छ । प्रदेश नम्बर १ संयोजक नवराज ढुङ्गाना, प्रदेश नम्बर २ संयोजक बालकृष्ण श्रेष्ठ, प्रदेश नम्बर ३ संयोजक मनकुमारी रंजीतकार, प्रदेश नम्बर ४ संयोजक साबित्री खड्का, प्रदेश नम्बर ५ संयोजक श्रीकुमारी रोका, प्रदेश नम्बर ६ संयोजक नेत्र भण्डारी, प्रदेश नम्बर ७ संयोजक भरत बोहरा चयन भएका छन् ।

द्धन्द्धपिडित राष्ट्रिय संजालको सल्लाहकारमा रामकुमार भण्डारी र धर्मराज न्यौपानेलाइ चयन गरिएको छ ।

 

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको