राेल्पामा एक व्यक्ती मृत अबस्थामा भेटिए, घटना रहस्यमयी


माघ १३, रोल्पा । राेल्पामा एक व्यक्ती मृत अबस्थामा फेला परेका छन् ।

जिल्लाकाे रुण्टीगढी गाउँपालिका वडा नम्बर ७ धबाङ निबासी ४० बर्षीय दल बहादुर सार्की मृत फेला परेका हुन् । हिजो बिहान उनि स्थानिय दहबन बजार बाट घरतर्फ फर्किदै गरेको अबस्थामा गोरेटो बाटोमा स्थानियले मृत फेला पारेका थिए ।

मृत फेला पारेको खबर पाए लगत्तै ईप्रका होलेरीबाट प्रहरी टोली खटीएको थियो । घटनास्थलमा मृतकको शरीरमा कुनै घाउ चोटपटक नभएकाले घटना रहस्यमयी भएको प्रहरीले बताएको छ ।

घटनास्थल कार्य पुरा गरी शबलाई अहिले पोष्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिएका छन ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको