भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको बिप्लव निकट बुद्दिजिबिहरुले गरे कडा बिरोध


माघ १३, काठमाडौं । भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा भएको राजनैतिक हस्तक्षेपलाई लिएर चौतर्फी विरोध भइराखेको बेला नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय बुद्धिजीवी संगठनले संगठनले एक वक्तव्य निकालेर विरोध जनाएको छ ।

संगठनका केन्द्रीय महासचिव ब्यापक नेपालीले २४ जनवरीमा वक्तव्य निकालेर विरोध गरेका हुन् । वक्तव्यमा भनिएको छ, “उत्तर साम्राज्यवादी र दक्षिणपन्थी देश अमेरिकाले भेनेजुएलाका जनता र त्यहाँको राजनीतिलाई संकटतिर धकेलिरहेको छ । त्यसको हामी घोर विरोध गर्दछौं ।

अमेरिकाले जुवानो गुइटोलाई अन्तरिम् राष्ट्रपतिका रुपमा मान्यता दिनुले साम्राज्यवादले आफ्नो कठपुतलीलाई चुनाव वा अन्य माध्यमबाट स्थापित गर्न चाहान्छ भन्ने कुरालाई पुष्टि गर्दछ । यसो गर्नुले साम्राज्यवादले पूर्व समाजवादीहरुका विरुद्ध युद्धको घोषणा गर्नु सरह हो भनिएको छ ।”

उनीहरुको कथित प्रजातन्त्र र ध्रवीकरणले गर्दा भेनेजुएलाका ३० लाखभन्दा जनता गृहभूमि छाड्न बाध्य भएका छन् भनिएको छ । अन्तमा भनिएको छ त्यसैले हामी विश्वमा रहेका सबै बुद्धिजीवी र देशभक्तहरुले यसको विरोध गरौं ।

बिज्ञप्ति:

१३ माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको