प्रचण्ड लगायत जनयुद्दका शिर्ष नेताहरु माथि लडाकु शिबिरमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा हाल्दै


माघ १३, काठमाडौं । शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब भत्ता शीर्षकमा राज्य कोषबाट छुट्याइएको अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै बहिर्गमनमा रहेका जनमुक्ति सेनाले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।

उनीहरूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहालवाला मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका हुन् । बहिर्गमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष योग्यबहादुर कार्की ‘प्रदीप’का अनुसार उपराष्ट्रपति नन्दकिशोर पुन, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री चन्द्रदेव खनाल तथा नेता जनार्दन शर्माविरुद्ध मुद्दा हाल्ने तयारी भइरहेको छ । उनीहरू तत्कालीन लडाकु शिविरका कमान्डर थिए ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादी लडाकु र जनमुक्ति सेनालाई सात मुख्यसहित २८ वटा सहायक शिविरमा राखिएको थियो ।

जनमुक्ति सेनाको व्यवस्थापनका लागि युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायले अर्र्र्बौं रकम उपलब्ध गराए पनि सो रकम पारदर्शी नभएको बहिर्गमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष कार्कीले बताए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

२०७५ माघ १३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको