विप्लबका कास्की सेक्रेटरी आक्रोश लगायत ५ कार्यकर्ता रिहाई


रमाकान्त बास्तोला/पुस १०, कास्की । लामो समय हिरासत जिबन बिताएका नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन काँस्की जिल्ला सेक्रेटरी आक्रोस, स्याङ्जा सेक्रेटरी गोकुल, बिधार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई, काजी गुरुङ, गोबिन्द वलिलाई सर्वोच्च अदालतको आदेशमा रिहाइ भएका छन् ।

उनीहरुलाई बिहिबार काठमान्डौ उच्च अदालतबाट न्यायधिस इश्वर प्रसाद खतिवडा र तेज बहादुर केसीको सयुक्त इजलासले बाध्यकारी आदेश दिएपछि रिहा भएका छन् ।

निबेदकका तर्फबाट बरिष्ट अधिबत्ता एकराज भण्डारि, अधिबत्ताहरु कपिलचन्द्र पोख्रेल, दयाराम पोख्रेल, सन्तोष कोइराला लगायतले बहस गरेका थिए ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो।

त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले अहिलेसम्म ९ जिल्ला पुर्याएको थियोे र अहिले अदालतको बाध्यकारी आदेशमा आज रिहा भएका हुन ।

१० पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको